IME Life New

कृषि तथा पशुपंक्षी बीमाको लागि अब छुट्टै अभिकर्ता र एग्रो सर्भेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले यसअघि निर्जिवन बीमा व्यवसाय अन्तर्गत हुँदै आएको कृषि तथा पशुपंक्षी बीमाको लागि अबदेखि छुट्टै कृषि तथा पशुपंक्षी बीमा अभिकर्ता तथा कृषि बीमा सर्भेयरको व्यवस्था गरिएको छ ।

यसअघि निर्जिवन बीमा सर्भेयरले हेर्दै आएका कृषि बीमाको क्षति अब एग्रो सर्भेयरमार्फत हुनेछ । बीमा समितिका एक अधिकारीले भने, ‘कृषि तथा पशुपंक्षी बीमा अभिकर्ता यसअघि समेत व्यवस्था भएपनि एग्रो सर्भेयर (कृषि तथा पशुपंक्षी बीमा प्राबिधिक) भने नयाँ सुरु गरेका छौं ।’ इन्जिनियरिङ अध्ययन गरेका व्यक्तिबाट कृषि उत्पादन, पशुपंक्षीमा मूल्याङ्कन गराउनुपर्ने समस्या परेकोले नयाँ व्यवस्था गरिएको बीमा समितिले जनाएको छ ।

Esewa
Crest

बीमा समितिले हिजोदेखि लागू हुने गरी जारी गरेको कृषि तथा पंक्षी बीमा निर्देशिका २०७७ अनुसार कृषि तथा पंक्षी बीमा अन्तर्गत बीमा कार्य गराउनको लागि कृषि बीमा अभिकर्ताको व्यवस्था गरेको छ । निर्जिवन बीमा कम्पनीहरुले कृषि बीमा अभिकर्ताको लागि तालिम लिई बीमा समितिबाट अनुमति लिएर कृषि बीमाको पहुँच विस्तार गर्न बीमा व्यवसायमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न पाउने व्यवस्था गरिएको छ । कृषि बीमामा कार्यरत रहने बीमा अभिकर्ताहरुलाई कूल बीमा शुल्कको १० प्रतिशत कमिशन पाउने व्यवस्था हिजो जारी गरिएको कृषि तथा पशुपंक्षी बीमा निर्देशिकामा व्यवस्था गरिएको छ ।

कृषि तथा पंक्षी बीमा निर्देशिकामा बीमा अभिकर्ता र एग्रो सर्भेएरलाई छुट्टा छुट्टै आचार संहिता समेत जारी गरिएको छ । नयाँ व्यवस्था अनुसार कृषि, वन तथा पशुपंक्षी विषयमा प्रमाणपत्र तह, कक्षा १२ वा सो सरहको परिक्षा उत्तिर्ण गरेको व्यक्तिले बीमा समितिको स्वीकृतिमा बीमकले सञ्चालन गरेको तालिममा सहभागी भई प्रमाणपत्र लिए पश्चात एग्रो सर्भेयर बन्न पाउनेछन् ।

त्यस्तै प्राकृतिक व्यक्तिको अलावा, कृषक समुह, सहकारी तथा कृषि सम्बन्धी कार्य गर्ने अन्य कम्पनीहरुले समेत कृषि बीमा अभिकर्ताको लाईसेन्स पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS