IME Life New

कुल निक्षेपमा वाणिज्य बैंकहरुको ८९% हिस्सा, रु. ६० खर्ब नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुको कुल निक्षेप ६० खर्ब नाघेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार फागुन २ गतेसम्म २० वटा वाणिज्य बैंकको कुल निक्षेप बढेर ६० खर्ब ३ अर्ब रुपैयाँ पुगेको हो। यो अघिल्लो दिनको तुलनामा ५ अर्ब रुपैयाँले बढेको छ। फागुन १ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५९ खर्ब ९८ अर्ब रुपैयाँ थियो।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा वाणिज्य बैंकहरुमात्रै हिस्सा ८९.१७ प्रतिशत रहेको छ। अन्य बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा १०.८३ प्रतिशतमात्रै रहेको छ। फागुन २ गतेसम्मको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकबाहेकका अन्य बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ।

फागुन २ गतेसम्म समग्र बैंक तथा वित्तीय संस्थाबाट ५४ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। जुन अघिल्लो दिनको तुलनामा स्थिर हो। वाणिज्य बैंकहरुको मात्रै कुल कर्जा प्रवाह ४८ खर्ब २७ अर्ब रुपैयाँ रहेकोमा अन्य बैंक तथा वित्तीय संस्थाको ६ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ।

बैंकहरुको औसत सीडी रेसियो ८० प्रतिशत तल नै रहेको छ। तथ्यांकअनुसार फागुन २ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ७९.४८ प्रतिशत रहेको छ। अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS