IME Life New

कुमारी बैंकको साढे ४५ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकको साढे ४५ लाख कित्ता शेयर आज जेठ २८ गतेबाट बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ४५ लाख ५७ हजार ९१२ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी रकम बोलकबोल गरी बोलपत्र पेस गर्न सक्नेछन्।

Esewa
Crest

लगानीकर्ताले न्यूनतम १ लाख कित्ता शेयरका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बोलपत्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असार ३ गते रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS