IME Life New

कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले आफ्नो एटीएम तथा पीओएस (प्वइन्ट अफ सेल) टर्मिनलहरुमा यूपीआई (युनियनपे इन्टरनेशनल)का कार्डहरु स्वीकार गर्ने भएको छ।

डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ्गकोअनुभवउपलब्ध गराउने लक्ष्यका साथ यो सुविधा नेपालभर कुमारी बैंकका सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलहरुमा उपलब्ध हुनेछ। यो सुविधाबाट अब यूपीआई कार्ड प्रयोगकर्ताले कुमारी बैंकको एटीएममार्फत रकम झिक्न र पीओएस टर्मिनलमार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारीहरुलाई पनि लाभ हुने विश्वास बैंकले लिएको छ।

Esewa
Crest

बैंकले आफ्नो सेवाको दायरालाई व्यापक बनाउँदै डिजिटल नेपालको अभियानमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखासञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ। आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निम्ति सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS