IME Life New

कुमारी बैंकका ग्राहकले समाज डेन्टलको सेवामा आकर्षक छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित समाज डेन्टलबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो समाज डेन्टलका नयाँ वानेश्वर– काठमाडौं, जावलाखेल चोक–ललितपुर, राधेराधे–भक्तपुर, सनसिटी–पेप्सीकोला, बसुन्धरा चौकी– काठमाडौं, सितापाइला चोक–काठमाडौं, बौद्ध–जोरपाटी, कौशलटार–भक्तपुर, इमाडोल–ललितपुर, बनेपा– काभ्रे स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरबाट भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकका ग्राहकहरुलाई उक्त सेवाकेन्द्रहरुमा रजिष्ट्रेसन शुल्क र चिकित्सक सल्लाह शुल्क निशूल्करुपमा उपलब्ध हुनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

Esewa
Crest

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS