IME Life New

कुमारी बैंकका ग्राहकले अप्टिक आइजको सेवामा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिल बिच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गर्दै आएका सेवाहरुमा ग्राहकहरूलाई फ्रेम र सनग्लासहरुमा १५%, आँखा जाँचको ओपीडी टिकटमा १०%, ब्रान्डेड फ्रेममा १०%, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स,  प्रेस्क्रिप्सन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५% छुट र चश्माको सामान्य मर्मत तथा परामर्श नि शुल्क गरिने सम्बन्धमा सम्झौता भएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS