IME Life New

कुमारी क्यापिटलको मोबाइल एप सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आफ्नो “ कुमारी क्यापिटल ” नाम गरेको मोबाइल एप सार्वजनिक गरेको छ, जसले Systematic Investment Plan (SIP) सहित अन्य लगानीका सेवाहरू सहज र पहुँचयोग्य बनाउनेछ । अब लगानीकर्ताहरूले आफ्नो मोबाइलबाटै सरल, छिटो र सुरक्षित तरिकाले लगानी गर्न सक्नेछन् ।

एसआइपी अब झन् सजिलो !
कुमारी क्यापिटल मोबाइल एप को माध्यमबाट एसआइपी व्यवस्थापन, लगानी योजना निर्माण र अनुगमन अब केही क्लिकमै सम्भव हुनेछ । यो एपले नयाँ र अनुभवी दुवै प्रकारका लगानीकर्ताहरूलाई सहज एवं व्यवस्थित रूपमा लगानी गर्न मद्दत गर्नेछ ।

Esewa
Crest

एपका प्रमुख विशेषताहरूः
SIP व्यवस्थापन – कुनै पनि समय, कहीँबाट पनि SIP सुरु, ट्र्याक र व्यवस्थापन गर्न ।
Demat खाता व्यवस्थापन – Demat खाता हेर्न र व्यवस्थापन गर्न सहज बनाउने ।
IPO, FPO र हकप्रद शेयर आवेदन – अब IPO आवेदन दिँदा झन्झटबिनाको अनुभव ।
छरितो, सुरक्षित र प्रयोगकर्तामैत्री एप – आधुनिक प्रविधि, सहज इन्टरफेस र सुरक्षित लगानी ।

नेपालमा डिजिटल लगानीको युग
कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा भन्छन्,“हामी चाहन्छौँ कि प्रत्येक लगानीकर्ताले सहज रूपमा यस क्यापिटलबाट प्रदान गरिने सेवाहरु स्वदेश तथा बिदेशमा रहनु हुने हरेक नेपालीको हात हातमा पुगोस भन्ने हेतुलेनै हामीले मोबाइल एप मार्फत SIP सुरु गर्ने, Demat खाता खोल्ने, लगानी व्यवस्थापन सेवा प्रदान गर्ने, IPO मा आवेदन दिने जस्ता सुविधाहरू अझ सरल बनाएका छौं, जसले गर्दा लगानीकर्ताहरूको यात्रा झन् सहज र व्यवस्थित हुनेछ ।” यस क्यापिटलले लगानी मैत्री प्रविधिको विकासमा विशेष ध्यान दिदै आइरहेको समेत जानकारी गराए ।

आजै डाउनलोड गर्नुहोस 
कुमारी क्यापिटल मोबाइल एप android user Ko लागि Google Play Store तथा apple user लागि App Store मा उपलब्ध छ । अब लगानीको सरल यात्रा “Kumari Capital” को Mobile App. 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS