IME Life New

किन राष्ट्र बैंकले तान्न खोजेजति पैसा दिन चाहिरहेका छैनन् बैंकहरु ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउनयता बैंकिङ प्रणाली थ्रपिएको तरलता व्यवस्थापन गर्न ९ पटक निक्षेप संकलन उपकरण पैसा तानेको छ।

केन्द्रीय बैंकले साउनयता विभिन्न मितिमा निक्षेप संकलन उपकरण प्रयोग गरेर बैंकिङ प्रणालीबाट ४ खर्ब ९० अर्ब रुपैयाँ तान्न खोजेको थियो। तर, बैंकहरु ४ खर्ब ४४ अर्ब ४० करोड रुपैयाँमात्रै राष्ट्र बैंकलाई दिन तयार भए। राष्ट्र बैंकले भने २ खर्ब ९८ अर्ब २० करोड रुपैयाँमात्रै खिच्यो।

Esewa
Crest

पछिल्ला ९ वटै निक्षेप संकलन उपकरण २१ दिने अवधिको थियो। बैंकहरु भने सस्तो ब्याजमा लामो समयका लागि राष्ट्र बैंकमा पैसा राख्न नचाहेको देखिन्छ। यी सबै निक्षेप संकलन उपकरणको बोलकबोल गर्दा औसत ब्याजदर ३ प्रतिशतभन्दा तल नै रहेको देखिन्छ।

पछिल्लोपटक केन्द्रीय बैंकले भदौ २३ गते १ खर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्न खोजेको थियो। तर, बैंकहरुले ५३ अर्ब ८० करोड रुपैयाँमात्रै दिन चाहे। राष्ट्र बैंकले पनि ५१ अर्ब ८० करोड रुपैयाँमात्रै खिच्यो। यसको औसत ब्याजदर २.९५ प्रतिशत थियो।

त्यसअघि ८ पटक राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा तानेको थियो। तर, राष्ट्र बैंकले तान्ने खोजेजति बैंकहरुले एकपटक मात्रै दिए भने बाँकी ७ पटक कम रकम दिए।

केन्द्रीय बैंकले तरलता थुप्रिँदा बैंकिङ प्रणालीबाट पैसा तान्ने गर्छ भने तरलतामा संकुचन आउँदा पैसा दिने गर्छ। यसका लागि राष्ट्र बैंकले विभिन्न उपकरण गर्छ भने ब्याजदर बोलकबोलमात्रै निर्धारण गरिन्छ।

अहिले विस्तारै कर्जा प्रवाह बढ्न थालेकोले पनि बैंकहरुले राष्ट्र बैंकले भनेजति पैसा दिन चाहेको हुन सक्ने एक बैंकरले बताए। ‘सस्तो ब्याजदरमा लामो समयका लागि पैसा होल्ड हुने भएर पनि बैंकहरुले राष्ट्र बैंकले दिन नचाहेको हुन सक्छ’, ती बैंकरले भने, ‘त्यही पैसा कर्जामा लगाउने हो भने बढी ब्याज पनि आउँछ। राष्ट्र बैंकले दिने ब्याजबाट त बैंकहरुको लागत पनि उठ्दैन।’

पहिलो कर्जा प्रवाह त्यति न हुँदा बाध्य भएर बैंकहरुले सस्तैमा राष्ट्र बैंकलाई दिने गरेको ती बैंकरको भनाइ छ। ‘अहिले त्यस्तो अवस्था छैन, कर्जाको माग विस्तारै बढ्दैछ, त्यसैले राष्ट्र बैंकले मागेजति रकम दिन नचाहेको हुन सक्छ’, ती बैंकरले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS