IME Life New

कालिका लघुवित्तको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको कालिका लघुवित्त वित्तीय संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले संचालक समितिले प्रस्ताव गरेको लाभांश सहित अन्य प्रस्ताव पारित गरेको छ।

संस्थाका अध्यक्ष चन्द्र बहादुर क्षेत्री को अध्यक्षतामा सम्पन्न सभाले ०.५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने र ९.५ प्रतिशत बोनस शेयर वितरण गर्ने संचालक समितिको प्रस्ताव स्वीकृत गरेको छ। यससँगै, संस्थाको चुक्ता पूँजी वृद्धि भई ४० करोड ७६ लाख ९२ हजार ३ सय ४ रुपैयाँ ७६ पैसा पुगेको छ।

Esewa
Crest

त्यस्तै सभाले नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ। जसमा, संस्थापक समूहबाटस् चन्द्र बहादुर क्षेत्री, चन्द्र बहादुर बस्नेत, रमा कुमारी शर्मा, र गणेश पौडेल निर्विरोध निर्वाचित भएका छन्। भने, सर्वसाधारण समूहबाट, विश्वराज नेपाल र युक्त बहादुर सुबेदी निर्विरोध निर्वाचित भएका छन्। साधारण सभापछि बसेको सञ्चालक समितिको बैठकले चन्द्र बहादुर क्षेत्रीलाई पुनः अध्यक्ष चयन गरेको छ।

साधारण सभा कम्पनी सचिव तथा नायब प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डे को सञ्चालनमा सम्पन्न भएको थियो। यो साधारण सभाले संस्थालाई थप सुदृढ गर्दै वित्तीय समावेशिताको लक्ष्यमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS