IME Life New

कार्तिक महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापार १३ अर्ब ३५ करोड, कुनले कति गरे आर्जन (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को कार्तिक महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल १३ अर्ब ३५ करोड ७५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङक अनुसार निर्जीवन बीमा कम्पनीहरुले ९ लाख १९ हजार १३८ वटा बीमा लेख जारी गरी १३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यी कम्पनीहरुले कार्तिक महिनामा मात्रै २ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले कार्तिक महिनामा २ लाख २९ हजार ६७० वटा बीमालेख जारी गरी २ अर्बमाथि कुल बीम शुल्क आर्जन गरेका हुन् ।

Esewa
Crest

प्राधिकरणको तथ्याङक अनुसार कातिृक महिनासम्ममा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा कुल १ अर्ब ३१ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब २७ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ६ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ४ करोड, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ९४ करोड ५५ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९० करोड ९६ लाख, एनएलजी इन्स्योरेन्स कम्पनीले ७८ करोड ७ लाख, प्रिमियर इन्स्योरेन्सले ६९ करोड ४६ लाख, लुम्बिनी जनरलले ६६ करोड ५५ लाख रुपैयाँ, आइएमई जनरलले ६१ करोड १८ लाख, अजोड इन्स्योरेन्सले ६० करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरी नेपाल इन्स्योरेन्सले ५५ करोड ३३ लाख, ओरिएण्टल इन्स्योरेन्सले ५० करोड २९ लाख, प्रभु इन्स्योरेन्सले ४८ करोड ९२ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले ४३ करोड ८७ लाख, यूनाइटेड इन्स्योरेन्सले ४१ करोड १७ लाख, नेशनल इन्स्योरेन्सले ३७ करोड १६ लाख, सानिमा जनरलले ३० करोड १९ लाख, जनरल इन्स्योरेन्सले २६ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् भने भर्खरै एकिकृत कारोबार गरेका सानिमा जिआइसीले एकिकृत कारोबार गरेदेखि बाट अहिलेसम्म ११ करोड ६० लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS