IME Life New

कार्तिक महिनामा निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन २ अर्ब ५१ करोड, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कार्तिक महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरु २ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस महिनामा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले २५ करोड तीन लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस आधारमा शिखरको मात्रै बजार हिस्सा ९.९५ प्रतिशत छ ।

दोस्रो स्थानमा रहेको सगरमाथाले २१ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा बजार हिस्सा ८.६ प्रतिशत ओगटेको छ । तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले कार्तिक महिनामा मात्रै २१ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा बजार हिस्सा ८.६० प्रतिशत रहेको छ ।

Esewa
Crest

चौथो स्थानमा रहेको सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १८ करोड ६ लाख रुपैयाँ आर्जन गरेको छ । एभरेष्ट र हिमालयन मर्जर भएर बनेको हिमालयन एभरेष्टले भने १७ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । दुई कम्पनी एक हुँदा पनि बजार हिस्सा भने जम्मा ७.१७ प्रतिशत मात्रै छ ।

त्यस पछि क्रमश एनएलजीले १६ करोड ९८ लाख, लुम्बिनीले १६ करोड ३० लाख, आइएमई जनरलले १६ करोड २८ लाख, अजोडले १४ करोड ६० लाख, प्रिमियरले १२ करोड ४८ लाख, सानिमा जि‌आइसीले ११ करोड ६० लाख, नेपाल इन्स्योरेन्सले ११ करोड ५० लाख, दि ओरियण्टलले १० करोड ६४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बाँकी कम्पनीहरुले १० करोड रुपैयाँ पनि बीमा शुल्क आर्जन गर्न सकेका छैनन् ।

यस तथ्याङ्कमा सानिमा र जनरल मर्जर हुनु भन्दा अगाडीको बीमा शुल्क आर्जनलाई छुट्टा छुट्टै प्रस्तुत गरिएको छ । साथै कार्तिकमै मर्जर भएका कारण मर्जर पछिका दिनमा आर्जन भएको बीमा शुल्क आर्जनलाई पनि छुट्टै प्रस्तुत गरिएको छ ।

चालु आर्थिक वर्षको कार्तिक महिनासम्ममा भने निर्जीवन बीमा कम्पनीहरुले १३ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन  गरेका छन् ।

पछिल्ला महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय सुक्दै गइरहेको छ । सामान्य अवस्थामा निर्जीवन बीमा कम्पनीले एक महिनामा तीन अर्ब भन्दा माथिको व्यवसाय गर्न गरेको पाइन्छ । तर कार्तिक महिनामा तिहार विदा र चुनावको प्रभाव पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS