IME Life New

कामना सेवा विकास बैंकद्वारा विद्यालयमा पोशाक वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डन्डा शाखाले श्री नारायणी आधारभुत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । बैंकको डन्डा शाखा प्रमुख टिकाराम अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर ठकुरीलाई पोशाक हस्तान्तरण गरेका हुन् ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष ठकुरीले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कावासोती १७, पुरानो अमलटारी क्षेत्र, नारायणीको तटिय क्षेत्रमा रहेका गरिब तथा जेहेन्दार विघार्थीहरुलाई गरिएको पोशाक हस्तान्तरणले विद्यार्थीहरुलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Esewa
Crest

उक्त कार्यक्रममा बोल्दै बैंकका शाखा प्रमुख अधिकारीले कावासोती नगरपालिका सँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, श्री नारायणी आधारभुत विघालयका प्रध्यापक, कावासोती नगरपालिकाका वडा नं १७ का प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS