IME Life New

कामना सेवा विकास बैंकको नाफा ३४ करोड ३३ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंक लिमीटेडले खूद नाफामा ३४ करोड ३३ लाख सहित ९४.४५ प्रतिशत बृद्धि गरेको छ । यस बैकको अघिल्लो वर्ष बैंकको खूद नाफा १७ करोड ६५ लाखमा सीमित थियो ।

आर्थिक वर्ष २०७४÷७५ को चौथो त्रैमासमा बैंकको खूद नाफा ९४.४५ प्रतिशतले बढेर ३४ करोड ३३ लाखको उचाईमा पुगेको हो । यहीकारण अघिल्लो वर्षसम्म ३९ करोड ११ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष ७१ करोड ९४ लाखको उचाईमा पुगेको छ । समीक्षा अवधिमा बैंकले व्यवसाय बिस्तारमा समेत उल्लेख्य प्रगति गरेको देखिएको छ ।संभावित जोखिम व्यवस्थापनबाट १५ करोड ३१ लाख राइटब्याक गरेर यो बैंकले नाफा बढी देखाएको हो ।

Esewa
Crest

यस्तै, २६ करोड ९७ लाखमा सीमित संचालन मुनाफा बढाएर बैंकले ४३ करोड ५८ लाखको उचाई चुमाएको छ ।समीक्षा अवधिमा बैंकले १५ अर्ब ७५ करोड निक्षेप संकलन गरी १३ अर्ब ४४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ६ अर्ब ९८ करोड निक्षेप संकलन गरी ६ अर्ब ११ करोड बराबरको कर्जा परिचालन गरेको थियो ।

कामना र सेवा विकास बैंकबीच मर्ज भई बनेको कामना सेवा विकास बैंकमा दुईवटा बैंकको वित्तीय विवरणको एकीकृत रुप आएकोले समेत सबै सूचकमा राम्रो बढोत्तरी भएको देखिएको हो । अघिल्लो वर्ष १.३९ प्रतिशत रहेको यस्तो कर्जा घटाएर ०.६९ प्रतिशतमा सीमित पारेको हो ।यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३.७२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२८.८३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.४९ गुणा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS