IME Life New

कामना सेवाको ८३ औं शाखा सिराहाको मिर्चैयामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.६ स्थित थाना चोकमा आफ्नो ८३औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक देव कृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राई र प्रदेश नं.२ प्रमुख राकेश सिंहले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका छन् ।

Esewa
Crest

कार्यक्रममा संचालक काफ्लेले बैंकको संक्षिप्त जानकारी गराउँदै पूर्वी नेपालमा व्यापार प्रर्वधन लाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी दिए ।

यो सँगै प्रदेश नं. २ मा ११ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु प्नि सञ्चालनमा आउने बैंकले जनाएको छ ।

काठमाडौं ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ८३ वटा शाखा तथा ३८ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबिबिएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सिआस्वा लगायतका माध्यम बाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थ्प गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS