IME Life New

काभ्रेपलाञ्चोकमा पशुबीमा प्रति कृषकको आकर्षण बढ्दो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


कृषि बीमा ग्रामीण क्षेत्रमा पनि सक्रिय रुपमा अघि बढीरहदाँ, काभ्रेपलाञ्चोकमा भने पशु बीमा गर्ने बीमीतको आकर्षण बढ्दै गएको छ । उक्त क्षेत्रका अधिंकाश कृषकहरु पशुबीमा कार्यक्रम आएसगै यसबाट लाभान्वित भएका छन् ।
गाउँका अधिकांश कृषकले स्थानीय ज्याम्दी बचत तथा ऋण सहकारी संस्थाले पशुबिमा कार्यक्रम ल्याएपछि साविक पालिरहेको गाईभैँसीको सङ्ख्या बढाएका हुन् । “रोग लागेर भैँसी मरेर दुःख पाइन्छ कि भन्ने नभएपछि आफूले सकुन्जेल तीन भैँसी पालेर दूध बेच्दै आएको छु” स्थानीयवासी हरिप्रसाद पराजुलीले बताए ।

सहकारीले तीन वर्षअघि सञ्चालन गरेको पशुबीमा कार्यक्रममा हाल ३४३ परिवारको ५५८ पशु बिमित भएका छन् । सहकारीले भैँसीको रु ६० हजार र गाईको रु ३० हजार बिमा गरेको अध्यक्ष रामकृष्ण तिमल्सिनाले बताउनुभयो ।

Esewa
Crest

उहाँका अनुसार सहकारीका सदस्यले आफ्नो पशुबिमा गर्न शुरुमा भैँसीको लागि रु छ हजार र गाईको लागि रु तीन हजार प्रवेश शुल्क तथा वार्षिक रूपमा रु १५० तिरेर बिमा नवीकरण गर्नुपर्दछ । “पशुबिमावापत ८० प्रतिशत रकम दिइने गरिन्छ”, अध्यक्ष तिमल्सिनाले बताएका छन् ।

पशुबिमा कार्यक्रमबाट रु १४ लाख १६ हजार १६ जम्मा भएको सहकारीका पशुबिमा उपसमितिका सचिव विदुर सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार चालू आर्थिक वर्षको छ महीनामा मात्रै ५३ कृषकले पशुबिमा गरेका छन् ।भने विभिन्न कारणले मरेका तीन भैँसी र चार गाईको रु तीन लाख कृषकलाई प्रदान गरिएको छ ।

पशुबिमा कार्यक्रम लागू भएपछि हालसम्म विमित पशुमध्ये ४३ गाईभैँसी मरेका छन् । यसवापत सहकारीले पशु मरेका कृषकलाई करीब रु १५ लाख बिमा रकम प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS