काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्विप गरेको छ। रास्वपाले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा जित निकालेको हो।
रास्वपाबाट काठमाडौं क्षेत्र नं. १ मा रञ्जु दर्शना, क्षेत्र नं. २ मा सुनील केसी, क्षेत्र नं. ३ मा राजुनाथ पाण्डे, क्षेत्र नं. ४ मा पुकार बम, क्षेत्र नं. ५ मा सस्मित पोखरेल, क्षेत्र नं. ६ मा शिशिर खनाल, क्षेत्र नं. ७ मा गणेश पराजुली, क्षेत्र नं. ८ मा विराजभक्त श्रेष्ठ, क्षेत्र नं. ९ मा डोलप्रसाद अर्याल र क्षेत्र नं. १० मा प्रदीप विष्ट विजय भएका छन्।
कसको कति मत (निकटतम प्रतिद्वन्द्वीसहित) ?
काठमाडौं–१
- रञ्जु दर्शना (रास्वपा): १५ हजार ४५५ मत
- प्रबल थापा क्षेत्री (नेपाली कांग्रेस): ६ हजार ३६४ मत
काठमाडौं–२
- सुनील केसी (रास्वपा): ३४ हजार २३८ मत
- कविर शर्मा (नेपाली कांग्रेस): ८ हजार ८७४ मत
काठमाडौं–३
- राजु पाण्डे (रास्वपा): १८ हजार ७५७ मत
- कुलमान घिसिङ (उज्यालो नेपाल पार्टी): ११ हजार १७१ मत
काठमाडौं–४
- पुकार बम (रास्वपा): २९ हजार २४२ मत
- सचिन तिमल्सेना (नेपाली कांग्रेस): ८ हजार ८२४ मत
काठमाडौं–५
- सस्मित पोखरेल (रास्वपा): ३० हजार ७३७ मत
- प्रदीप पौडेल (नेपाली कांग्रेस): ९ हजार १५९ मत
काठमाडौं–६
- शिशिर खनाल (रास्वपा): २७ हजार ७१९ मत
- कृष्ण बानियाँ क्षेत्री (नेपाली कांग्रेस): ६ हजार ६४७ मत
काठमाडौं–७
- गणेश पराजुली (रास्वपा): २७ हजार ८०५ मत
- प्रमोदहरि गुरागाईं (नेपाली कांग्रेस): ३ हजार ९८२ मत
काठमाडौं–८
- विराजभक्त श्रेष्ठ (रास्वपा): २४ हजार ५९२ मत
- सुमन सायमी (नेकपा): ३ हजार २१७ मत
काठमाडौं–९
- डोलप्रसाद अर्याल (रास्वपा): ३५ हजार ९३ मत
- नानुमैया बास्तोला (नेपाली कांग्रेस)ः ५ हजार ४६० मत
काठमाडौं–१०
- प्रदीप विष्ट (रास्वपा): ३७ हजार ४६९ मत
- हिमाल कार्की (नेपाली कांग्रेस): ८ हजार १०० मत












