IME Life New

काठमाडौंको पानीपोखरीमा सिटिजन्स बैंकको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकले १९८औँ शाखा काठमाडौंको पानीपोखरीमा सञ्चालनमा ल्याएको छ। योसँगै काठमाडौं उपत्यकाभित्र सिटिजन्स बैंकको शाखा ३८ पुगेको छ।

बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने बताए । नयाँ शाखाका कर्मचारीलाई शुभकामना दिँदै अनुशासित र मर्यादित ढंगबाट काम गरी संस्थालाई थप नयाँ उचाईमा लैजान उनले आग्रह गरे ।

Esewa
Crest

नयाँ शाखा सञ्चालनको अवसरमा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवा पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिने छ। डि म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षका लागि छुटको व्यवस्था रहेको छ। लकर सुविधा लिँदा अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ।

विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको सिटिजन्स बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।

बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९८ वटा शाखा, १६३ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS