IME Life New

कस्तो अवस्थामा झुत्रो ‘बैंक नोट’ साट्न मिल्दैन ? यस्तो छ प्रावधान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आफूसँग भएको झुत्रो बैंक नोट साट्न सकिन्छ। तर, केही अवस्थामा भने त्यस्ता झुत्रो बैंक नोट साट्न सकिन्न र जफत पनि हुन सक्छ।

नेपाल राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि जारी गरेको सूचनाअनुसार धेरै केरमेट भएको, नोटको दर र पूरा नम्बर यकिन गर्न नसकिने तथा ५० प्रतिशतभन्दा कम भाग भएको (दोहोरो सट्टाभर्ना जानसक्ने सम्भावना भएको) नोटको भने सट्टाभर्ना अर्थात् सटही गरिँदैन। त्यस्ता नोट जफत गरिन्छ र सोको कारणसहितको जानकारी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइन्छ।

Esewa
Crest

आफूसँग भएको च्यातिएको, मकिएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेर मुद्रण उडेको वा धमिलो भएको, रंगिएको नोटलाई राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग तथा प्रदेशस्थित कार्यालय र नोटकोष सञ्चालन गर्ने वाणिज्य बैंक (राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक) बाट साट्न सकिन्छ।

नोटहरु धेरै मकिएको, गन्न असजिलो हुने अवस्थामा रहेको वा सग्लो नभएको अवस्था छ भने साट्नको लागि झुत्रो नोटको पछाडिको भागमा सोही दरको सिंगो नोटबराबरको कागजको टुक्रा टाँसी साट्न सकिन्छ।

नोटलाई चाँडै झुत्रो हुनबाट बचाउन जतन गरी प्रयोग गर्न केन्द्रीय बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS