IME Life New

कर्णाली प्रदेशको बजेटमा पर्यो चार वटा बीमाका कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा चार वटा बीमाका कार्यक्रमलाई समावेश गरेको छ । प्रदेश सरकारले प्राकृतिक प्रकोप तथा विभिन्न रोग किराबाट बालीनाली तथा पशुपन्छीमा हुने क्षतिलाई परिपूरण गर्न कृषि तथा पशुपन्छी बीमा गराउँदा बीमा प्रिमियमको १० प्रतिशत प्रदेश सरकारबाट अनुदान उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

कर्णाली प्रदेशमा नागरिक लगानी कोष र बीमा समितिको शाखा कार्यालय स्थापनाको लागि समन्वय गर्ने बजेटमा व्यवस्था गरेको छ । जवकी बीमा समितिले आजैदेखि प्रादेशिक शाखा कार्यालयको स्थापना गरिसकेको छ ।

Esewa
Crest

आधारभुत स्वास्थ्य उपचार सुविधा सबैको पहुँच तथा विरामीको उपचार खर्चमा सहुलियत दिन स्थानीय तहको समन्वयमा विपन्न तथा लक्षित समुदायका जनताका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई थप विस्तार गर्ने भएको छ । उपचार खर्च धान्न नसक्ने विरामीलाई प्रेषणमा सहुलियतको समेत व्यवस्था गरेको छ ।

कर्णाली प्रदेशका आम नागरिक, राष्ट्रसेवक र विभिन्न संघ संस्थामा कार्यरत कर्मचारीको विपद जोखिम बिरुद्धको सामुहिक दुर्घटना बीमा गर्ने भएको छ । यस बीमाको लागि प्रदेश सरकारले एक करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS