IME Life New

कर्णाली प्रदेशका ५ स्वास्थ्य चौकीलाई ज्योति विकास बैंकले प्रदान गर्यो बेबी वार्मर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले कर्णाली प्रदेशका विभिन्न ५ स्वास्थ्य चौकीहरूमा बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ। देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा राखी उक्त मेसिन प्रदान गरेको बैंकले जनाएको छ ।

यस अन्तर्गत बैंकले जुम्ला, कालीकोट, मुगु र दैलेख जिल्लास्थित स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरलाई उक्त उपकरण उपलब्ध गराएको छ। हाइपोथर्मियाको कारण नवजात शिशुको अकालमा मृत्यु हुन नदिन र जीवनरक्षा गर्न विभिन्न स्वास्थ्य चौकीहरूमा बैंकले उक्त मेसिन जडान गरेको हो। हालसम्म विभिन्न चरण गरी देशका विभिन्न ठाउँमा ४३ वटा बेवी वार्मर प्रदान गरेको बैंकले यस चरणमा भौगोलिक रूपले विकट क्षेत्रहरूमा उक्त उपकरण जडान गरेको छ।

Esewa
Crest

विशेष गरी दुर्गम क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र सो को कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै उक्त जोखिमलाई न्यूनीकरण गर्ने अत्यन्त संवेदनशील र महत्वपूर्ण उपकरण उक्त स्वास्थ्य संस्थाहरुमा प्रदान गरिएको बैंकले जनाएको छ। हाइपोथर्मिया पश्चात् जीवन जोखिम र उपचारको लागि २ दिन लाग्ने गरी कच्ची सडकको यात्रा गर्नुपर्ने बाध्यतालाई उक्त उपकरणले निर्मूल गर्न थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत सो मेसिनहरू प्रदान गरेको हो।

मेसिनहरु जडान पश्चात् जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका वडा नं.०३ स्थित विराट स्वास्थ्य चौकी, कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं। ०९ स्थित स्वास्थ्य चौकी(चिल्खाया, मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका अन्तर्गतको गुम स्वास्थ्य चौकी, दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नं.०२ स्थित लाँकुरी स्वास्थ्य चौकी र डुङ्गेश्वर गाउँपालिका वडा नं. ०४, अवलपराजुलस्थित डुङ्गेश्वर आधारभूत स्वास्थ्य तथा सरसफाई सेवा केन्द्रको बर्थिङ सेन्टरमा प्रसूति सेवा लिन आउने प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

अस्पतालहरुमा आयोजित कार्यक्रममा बैंकका विभिन्न पदाधिकारीहरुबाट उक्त स्वास्थ्य चौकीहरुका पदाधिकारी लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

साथै, सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो। उपकरण जडानको साथै त्यसको उच्चतम सदुपयोग निश्चित गर्न बैंकले विशेष तालिमको लागि पनि समन्वय गर्दै आएको छ​।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।

संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्‍याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको छ ।

हालसम्म बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS