IME Life New

कर्जा सुरक्षण कोषको सुरक्षण शुल्क आम्दानी झण्डै ५१ प्रतिशतले वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कर्जा तथा निक्षेप लगानी वृद्धिका कारण निक्षेप तथा कर्जा सुरक्षण कोषले चालू आर्थिक वर्षको तेश्रो त्रैमासमा सुरक्षण शुल्क आम्दानीमा झण्डै ५१ प्रतिशतले वृद्धि हासिल गर्न सफल भएको छ ।

कोषले प्रकाशन गरेको तेश्रो त्रैमासिक वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा २ अर्ब ८९ करोड ५९ लाख ६३ हजार रुपैयाँ सुरक्षण शुल्क आम्दानी भएको छ । कोषको वित्तीय विवरण अनुसार तेश्रो त्रैमासमा मात्र १ अर्ब ३८ करोड ९९ लाख ७० हजार रुपैयाँ सुरक्षण शुल्क वापत आम्दानी गरेको छ । कोषले नौ महिनामा गरेको सुरक्षण शुल्कवापतको आधाभन्दा बढी अर्थात ५२ प्रतिशत आम्दानी माघदेखि चैत्रभित्र तीन महिनाको अवधिमै गरेको छ ।

Esewa
Crest

बीमाशुल्क आम्दानीसँगै खुद नाफा पनि ५१ प्रतिशतले वृद्धि भएको प्रकाशित त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ । तेश्रो त्रैमासमा १ अर्ब १६ करोड ४७ लाख १६ हजार रुपैयाँ खुद नाफा आम्दानी गरेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ७६ करोड ७५ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट संकलन गर्ने निक्षेपको प्रति व्यक्ति ३ लाख रुपैयाँसम्म सुरक्षाको प्रत्याभूती गरेवापत कोषले सुरक्षण शुल्क आम्दानी गर्दै आएको छ । कूल संकलित निक्षेपको ०.१६ प्रतिशतको दरले सुरक्षण शुल्क असुल्दै आएको छ । बैंक तथा वित्तीय संस्था वित्तीय संकटमा फँसेमा वा टाट पल्टिएमा सर्वसाधारणले जम्मा गरेको निक्षेपको प्रति व्यक्ति ३ लाख रुपैयाँसम्म कोषले फिर्ता गर्नेछ ।

यसबाहेक बैंक तथा वित्तीय संस्थाले पशुपालन, लघु कर्जा, कृषि कर्जा, शैक्षिक कर्जा, लघु उद्यम, निर्यात कर्जा लगानीको पनि निश्चित रकम सुरक्षको प्रत्याभूती कोषले गरेको छ । सो वापत पनि सुरक्षण शुल्क आम्दानी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS