IME Life New

कति वर्षसम्म निष्क्रिय बैंक खाताको पैसा हकदाबी गर्न सकिन्छ ? यस्ता छन् नियामकीय व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निष्क्रिय बैंक खातामा रहेको पैसा २० वर्षसम्म हकदाबी पाइने व्यवस्था रहेको छ।

नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा निष्क्रिय बैंक खातामा रहेको पैसा २० वर्षसम्म हकदाबी गर्न पाइने व्यवस्था रहेको जानकारी गराएको हो। २० वर्षसम्म पनि बुझ्न नआएको वा कसैको हकदाबी पर्न नआएको त्यस्ता निष्क्रिय खातामा रहेको निक्षेप रकम राष्ट्र बैंकको विकास कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ।

Esewa
Crest

यदि कुनै खातामा १० वर्षदेखि शून्य मौज्दात रही कारोबार भएको छैन भने बैंक तथा वित्तीय संस्थाले सार्वजनिक सूचना प्रकाशन गरी त्यस्ता खाता बन्द गर्न सक्दछन्। यसैगरी १० वर्षदेखि कारोबार नभएको वा कसैको हकदाबी नपरेको खाताको निक्षेप रकम लिन आउने सूचना बैंक तथा वित्तीय संस्थाले प्रत्येक ५ वर्षमा एकपटक राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुका साथै सोसम्बन्धी विस्तृत विवरण आफ्नो वेबसाइटमा समेत राख्नुपर्ने प्रावधान रहेको छ।

बैंक तथा वित्तीय संस्थाले कारोबार नभएका बचत खाताको हकमा ३ वर्ष एवं कल खाता र चल्ती खाताको हकमा १ वर्षभन्दा बढी समयावधि व्यतीत भएपछि त्यस्ता खाता निष्क्रिय गर्नुपर्ने व्यवस्था रहेको छ। यसरी खाता निष्क्रिय भएपश्चात खाता सक्रिय गर्नुपर्दा बैंक तथा वित्तीय संस्थाको ग्राहक पहिचानसम्बन्धी नीतिबमोजिम सक्रिय गराउनुपर्दछ। साथै, अद्यावधिक भएको खाता सक्रिय गर्नुपर्दा सम्बन्धित ग्राहकले निवेदनबाहेक अन्य कागजात पेस गर्न आवश्यक पर्दैन।

विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अद्यावधिक गरी वा गराई सोको पुष्टि गर्ने व्यवस्था गरी खातालाई सक्रिय गर्न सकिने व्यवस्था पनि रहेको छ। निष्क्रिय खाता सक्रिय गराउँदा ग्राहकले कुनै शुल्क तिर्नुपर्दैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS