IME Life New

ऐतिहासिक सफल मर्जरको एक वर्ष पुरा गर्‍यो सूर्यज्योति लाइफले,रू‍. ३० अर्बको बीमाकोष, रू‍. ३५ अर्ब लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरेको छ। यो जीवन बीमा कम्पनीले मर्जरको एक वर्षको अवधिमा अझै बिस्तारित शाखा सञ्जाल, परिस्कृत बीमा योजनाहरु र ग्राहक मैत्री सेवा पस्केर ऐतिहासिक सफलताको बाटोमा लम्किने प्रयास जारी राखेको छ।

मर्जरपछि चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको यो कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउन चाँडै नै शेयरधनीलाई लाभा‌ंश वितरण गर्ने भएको छ। संयुक्त कारोबार शुरु गरेको एक वर्षको अवधिमा सूर्यज्योतिको बीमा कोष झण्डै ८ अर्ब रुपैयाँले बढेर ३० अर्ब रुपैयाँ पुगेको छ। यो कम्पनीको कूल लगानी करिब ३५ अर्ब रुपैयाँ रहेको छ। कम्पनीले मंसिर मसान्तसम्ममा आफ्नो नेटवर्थ ७ अर्ब ४० करोड रुपैयाँ कायम गर्न सफल भएको छ।

Esewa
Crest

चालू आर्थिक वर्षको म‌ंसिर मसान्तसम्ममा सूर्यज्योति लाइफले कूल ५२ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ।देशभर १७६ शाखा सञ्जालमार्फत् बीमित र अभिकर्तामार्फत  जीवन बीमा सेवा प्रदान गरिरहेको यो कम्पनीले २३ लाख जीवन बीमालेख बिक्री गरि सकेको छ। प्रत्यक्ष रोजगाररत जनशक्तिका हिसाबले यो कम्पनी सबैभन्दा ठूलो रोजगारदाता जीवन बीमकका रुपमा समेत उभिएको छ। यसमा हाल ५७९ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । ९४ हजार अभिकर्ता आबद्ध छन् ।

बजारको आवश्यकता अनुसार बीमा योजनाहरु ल्याउने रणनीति अन्तर्गत यो जीवन बीमा कम्पनीले हालै सावधिक र म्यादी बीमाको सम्मिश्रण रहेको ‘सही प्लान’बीमा योजना सार्वजनिक गरेको थियो ।

बीमा नियामक नेपाल बीमा प्राधिकरणले चुक्ता पूँजी वृद्धिको माध्यमबाट जीवन बीमा कम्पनीहरुबीच मर्जरलाई प्रोत्साहन गर्ने रणनीति बनाए पछि सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले २०७९ असार १२ गते मर्जरका लागि सहमति पत्रमा हस्ताक्षर गरेका थिए । बीमाङ्की मूल्या‌ंकन , विस्तृत लेखा परिक्षण र साधारण सभापछि यी दुबै कम्पनीले  मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गर्दै २०७९ पौष ७  गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

79%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS