IME Life New

एसएआरएफआईआईको अध्यक्षमा गभर्नर महाप्रसाद अधिकारी चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउथ एसियन रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (एसएआरएफआईआई) को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ।

नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्पmबाट गभर्नर महाप्रसाद अधिकारी एसएआरएफआईआईको अध्यक्ष चयन भएका छन्। मध्यअमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा सेप्टेम्बर २ देखि जारी अलायन्स फर फाइनान्सियल इन्क्लुजन (एएफआई)– ग्लोबल पोलिसी फोरमको बैठक चलिरहेको छ। बैठकअन्तर्गत आज आयोजित पाँचौँ एसएआरएफआईआई लिडर्स राउन्डटेबल का क्रममा एसएआरएफआईआईको अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तण भएको हो। सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरे।

Esewa
Crest

सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न ग्लोबल पोलिसी फोरमको बाह्रौँ बैठकका क्रममा एसएआरएफआईआई स्थापना भएको थियो।

नेपाल राष्ट्र बैंकसहित बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका केन्द्रीय बैंकहरु उक्त सञ्जालमा आबद्ध छन। बैठकले स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) लाई एसएआरएफआईआईको उपाध्यक्ष चयन गरेको छ। यसअघि एसएआरएफआईआईको नेतृत्व माल्दिभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्पmबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए।

क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुशरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्नेलगायतका उद्देश्यसहित एसएआरएफआईआई स्थापना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS