IME Life New

एशियाली मुलुककाे बीमा व्यवसायकाे आकार सन् २०२५ सम्ममा ७४ खर्ब नाघ्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । बढ्दाे व्यवसाय र जाेखिमका बीच एसियाली मुलुकमा पूनर्बीमा कम्पनीकाे भविष्य सकारात्मक रहने देखिएकाे छ । सिंगापुरमा सम्पन्न भएकाे तीन दिने अन्तर्राष्ट्रिय पूनर्बीमा सम्मेलनलाई सम्बाेधनकाे क्रमममा सिंगापुरका व्यापार तथा उद्योग मन्त्री एल्भिन ट्यानले एसियाली जीवन र निर्जीवन बीमा कम्पनीकाे बीमाशुल्क आम्दानी सन् २०२५ सम्ममा क्रमश ६० अर्ब सिंगापुरी डलर (५५ खर्ब ८५ अर्ब नेपाली रुपैयाँ ) र २० अर्ब सिंगापुरी डलर (१८ खर्ब ६१ अर्ब नेपाली रुपैयाँ) बराबर पुग्ने जानकारी दिए ।

जीवन र निर्जीवन बीमा व्यवसायवापत सन् २०२५ मा प्राप्त हुने ७४ खर्ब ४७ अर्ब रुपैयाँ बीमाशुल्क भनेकाे नेपालकाे चालू आर्थिक वर्षकाे बजेट रकमकाे साढे चार गुणा हाे ।

Esewa
Crest

मन्त्री ट्यानले सिंगापुर एशिया भरकै लागी प्रमुख पूनर्बीमा केन्द्रको रूपमा स्थापित हुँदै गएकाे उल्लेख गर्दै एसियाली मुलुककाे आर्थिक वृद्धिले सिंगापुरको बीमा उद्योगलाई समेत फाइदा पुऱ्याउने टिप्पणी गरे ।

उनले सिंगापुरमा विगत पाँच वर्षमा पूनर्बीमा उद्योगले बीमाशुल्क आम्दानी दाेब्बर वृद्धि गरेर २०२१ मा २० अर्ब सिंगापुरी डलर पुगेकाे जानकारी दिए।

ट्यानले सम्मेलनमा सम्बाेधनकाे क्रममा भने, “२०१७ पछि, पूनर्बीमकले यस क्षेत्रको बीमा बजारलाई राम्रोसँग समर्थन गर्न र जोखिम वित्तपोषण समाधानहरू प्रदान गर्न सिंगापुरमा आफ्नो एशिया-प्रशान्त कार्यहरू क्रमशः विकास गरेका छन्।

तीन दिनसम्म चलेकाे सम्मेलनमा विश्वभरका पूनर्बीमा कम्पनी, जीवन तथा निर्जीवन बिमा कम्पनीकाे प्रतिनिधीहरूकाे सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS