IME Life New

एशियन लाईफकाे लगानी रहेकाे माबिलुङ एनर्जीले आइपिओका लागी पायाे रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । एशियन लाईफ इन्स्याेरेन्सकाे समेत लगानी रहेकाे माबिलुङ एनर्जी लिमिटेडले क्रेडिट रेटिङ एजेन्सीबाट शेयर जारीकर्ता कम्पनीकाे रुपमा बी प्लस रेटिङ पाएकाे छ। प्रालिबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भएकाे याे जलविद्युत उत्पादक कम्पनीले निकट भविष्यमै सर्वसाधारणमा शेयर जारी गर्ने तयारी गरेकाे छ।

इक्रा नेपाल रेटिङका अनुसार यस्ताे रेटिङ मूल्याङ्कन प्राप्त गर्ने शेयर जारीकर्ताहरू ताेकिएकाे समयमा वित्तीय दायीत्व समयमै पुरा गर्ने सन्दर्भमा उच्च जाेखिम रहेकाे अवस्थालाई इंगित गर्छ। बलियाे स‌ंस्थागत प्रवर्द्धककाे लगानी रहेकाे, नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झाैता भइसकेकाे र आयाेजना निर्माण स्थलदेखि १४ किलाेमिटर दूरीमा अवस्थित काेशी करिडर राष्ट्रिय प्रशारण लाइनसम्म उत्पादित विद्युत पुर्याउनका लागी परियाेजना स्थल नजिकै बानेश्वर सबस्टेशन सञ्चालनमा आइसकेकाले उत्पादित विद्युत प्रशारण लाईनमा जाेड्न समस्या नहुने इक्रा नेपालले प्रेस विज्ञप्तीमा उल्लेख गरेकाे छ।

Esewa
Crest

याे कम्पनीले संखुवासभा जिल्लामा  ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । याे नदीकाे बहावमा आधारित परियाेजना हाे । कूल ९३ कराेड ७० लाख रुपैयाँ लागत अनुमान गरिएकाे याे जलविद्युत निर्माणका लागी सर्वसाधारणबाट ३० प्रतिशत पूँजी जुटाउने याेजना छ। कम्पनीले परियाेजना सम्पन्न हुन ढिलाईका कारण लागत बढ्ने अनुमानका बीच सर्वसाधारणमा शेयर जारी गर्दै १८ कराेड ९० लाख रुपैयाँ जुटाउने याेजना रहेकाे छ।यसकाे शेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नियुक्त गरिएकाे छ।

इक्रा नेपालका अनुसार हालसम्म स‌ंस्थापकहरूकाे तर्फबाट १९ कराेड ७० लाख रूपैयाँ पूँजी लगानी भइसकेकाे छ। माबिलुङ एनर्जी लिमिटेडमा एशियन लाईफ इन्स्याेरेन्सकाे २५ प्रतिशत,गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडकाे २० प्रतिशत, ट्रष्ट एनर्जी प्रा.लि.काे ७ प्रतिशत र  एशियन क्यापिटल लिमिटेडकाे ५ प्रतिशत शेयर लगानी रहेकाे छ।

माबिलुङले पिलुवाखाेला जलविद्युत आयाेजनाबाट उत्पादित विद्युत बिक्रीका लागी नेपाल विद्युत प्राधिकरणसँग ३० वर्षे अवधिका लागी सम्झाैता गरिसकेकाे छ । हिउँदे माैसमका लागी प्रति किलाेवाट रु‍. ८.४० र वर्षे माैसमका लागी रू. ४.८ का दरले विद्युत बिक्रीकाे सम्झाैता भएकाले उत्पादित विद्युत खेर जाने चिन्ताबाट मुक्त रहेकाे छ। तर परियाेजना कार्यान्वयनमा अनावश्यक ढिलाई भएकाे अवस्थामा नाेक्सानी व्यहाेर्नुपर्ने जाेखिम रहनेछ।

जलविद्युत परियाेजना निर्माणकाे भाैतिक प्रगती ६० देखि ६५ प्रतिशतकाे हाराहारी रहेकाे छ। पूर्वी नेपालमा हालै आएको बाढीले याे आयोजना आंशिक रूपमा प्रभावित भएको छ । बाढीका कारण परियाेजना निर्माणकाे पूर्व निर्धारित समयावधि र लगात दुबै बढ्न सक्ने अनुमान गरिएकाे छ।

कूल ६५ कराेड ५९ लाख रुपैयाँ ब‌ै‌ंक ऋणका लागी भएकाे वित्तीय जाेखिम मूल्यांकनमा माबिलुङ एनर्जीले एलबी प्लस र एफाे रेटिङ पाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

0%
sad

दु :खी

57%
amazed

अचम्मित

0%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS