IME Life New

एलन मस्कले किन भने फेसबुकलाई कहिल्यै विश्वास गर्न सकिँदैन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टेस्ला र स्पेसएक्सका सीईओ एवं विश्वकै धनीव्यक्ति एलन मस्कले फेसबुकमाथि कहिल्यै विश्वास गर्न सकिने प्रतिक्रिया दिएका छन्।

बेलायतका बायोलोजिस्ट एवं लेखक रिचर्ड डकिङले आफ्नो फेसबुक अकाउन्ट डिलिट भएको घटना सार्वजनिक गरेपछि मस्कले यस्तो प्रक्रिया दिएका हुन्। ‘फेसबुकलाई कहिल्यै विश्वास गर्न सकिँदैन’, उनले आफ्नो एक्स प्लेटफर्ममा लेखका छन्।

Esewa
Crest

ओलम्पिकमा जेन्डर विवादमा परेका अल्जेरियन बक्सर इमान खलिफले महिला समूहमा प्रतिस्पर्धा गरेका थिए। उनले स्वर्ण पदक पनि जितेका छन्। रिचर्डले पुरुष भएर पनि खलिफले महिला समूहबाट प्रतिस्पर्धा नमिल्ने ट्विट गरेका थिए। ‘त्यो मेरो नितान्त व्यक्तिगत प्रक्रिया थियो तर त्यही कारणले मेरो फेसबुक अकाउन्ट डिलिट गरिएको छ’, उनले एक्समा लेखेका छन्।

रिचर्डले एक्समा यस्तो प्रक्रिया जाहेर गरेपछि मस्क फेसबुकमाथि खनिएका हुन्। त्यसैले उनले फेसबुकलाई कहिल्यै विश्वास गर्न नसकिने धारणा सार्वजनिक गरेका हुन्।

यद्यपि एलन मस्कको धारणा र रिचर्डको फेसबुक अकाउन्ट डिलिट गर्नुको कारणबारे भने मार्क जुकरबर्गले हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS