IME Life New

एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता पत्रमा हस्ताक्षर गरी महत्वपूर्ण साझेदारीलाई औपचारिक रूप दिएका छन्। यस प्रयासले नेपाल र भारत बीच यात्रा गर्ने व्यवसायी, विद्यार्थी र पर्यटकहरू लगायतका विभिन्न व्यक्तिहरूका लागि डिजिटल कारोबारलाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको छ।

उक्त सम्झौतापत्रमा एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

Esewa
Crest

नेपाल भारत रेमिटेन्स सेवामा आफ्नो अग्रणी अनुभवको श्रेय लिएको एभरेष्ट बैंकले यस रणनीतिक साझेदारीले दुइदेशबीच को भुक्तानी लाई थप सहज हसने अपेक्षा लिइएको छ । बैंकको मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरि, बैंकका ग्राहकहरूले नेपाल र भारत बीचको करोबर सहज र तत्काल गर्न सक्नेछन् ।

यस सम्झौताले विशेष गरि, हजारौं विद्यार्थीहरू, लाखौं पर्यटक, तीर्थयात्रीहरू, र भारतमा चिकित्सा उपचारका लागि जाने व्यक्तिहरूलाई विशेष लाभ पुर्याउनेछ। आफ्नो ग्राहकोहरूको विभिन्न आवश्यकताहरूमा उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य रखेको एभरेष्ट बैंकले यस सम्झौताबाट दुइ देश बिच हुने वित्तीय करोबरका कठिनाइहरूबाट मुक्त गर्ने र सहजता सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

एभरेष्ट बैंकले भारतीय नागरिकहरूबाट क्युआर पेमेन्टहरू स्वीकृत गर्न थालिसकेको छ । जसले भारतबाट नेपालमा यात्रा गर्दा भारतीय नागरिकहरूले फोनपे, भिम एप, वा गुगल पेप एपहरु जस्ता प्रसिद्ध प्लेटफर्महरू प्रयोग गरी आफ्नो करोबर को भुक्तनी गर्न सक्छन् ।

एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीचको सहकार्यले डिजिटल पेमेन्ट परिदृश्यलाई बृद्धि गर्ने दिशामा एक महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्दछ, जसले व्यक्ति र व्यवसायहरूलाई परिष्कृत सुविधा र पहुँचका साथ समान रूपमा सशक्त बनाउन तयार छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS