IME Life New

एभरेष्ट बैंकको कमाइ बढ्यो, वितरणयोग्य मुनाफा पौने ३ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले २ अर्ब ६० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ५.७६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बैंकले खराब कर्जा अनुपात (एनपीएल) ०.७० प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ०.७० प्रतिशत नै थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्जका रुपमा ६३ करोड ७१ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष बैंकले इम्पेयरमेन्ट चार्जका रुपमा ५५ करोड १४ लाख रुपैयाँ छुट्याएको थियो।

Esewa
Crest

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३६ करोड रुपैयाँ थियो। बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा ३१.१७ रुपैयाँ रहेको छ।

बैंकको सञ्चालन मुनाफा बढेर ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ३ अर्ब ५२ करोड रुपैयाँ थियो। ब्याज आम्दानी पनि बढेर ५ अर्ब ६३ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ५ अर्ब ५८ करोड २४ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ११ अर्ब ७६ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १५.४९ प्रतिशतले बढेर ११ अर्ब ९२ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १० अर्ब ३२ करोड रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले २ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) सामान्य घटेर २९.५५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३०.७४ रुपैयाँ थियो। पीई रेसियो १७.०९ प्रतिशत रहेको बैंकको प्रतिशेयर नेटवर्थ २२६.७३ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS