IME Life New

एफपीओ जारी गर्ने प्रस्ताव सहित विजय लघुवित्तले डाक्यो साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले १५औं वार्षिक साधारणसभा आगामी असार ३० गते गर्ने भएको छ । सभा धुलिखेल लज रिसोर्ट, धुलिखेलमा बिहान ११ बजेदेखि शुरु हुने संस्थाले जनाएको छ । कम्पनीको गत असार ७ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आव २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने तथा लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, आव २०७९/८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरण तथा सो सम्वन्धी अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहकबाट चार जना र सर्वसाधारण समूह खबाट दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । यसैगरी, सभाले संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने जनाएको छ ।

सभाले सर्वसाधारणको लागि छुट्याइएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्कासन एफपीओका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि असार १७ गतेदेखि असार ३०गतेसम्म बुक क्लोज गर्ने भएको छ। संस्थाले यस वर्ष लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS