IME Life New

एप्पल वाचको ब्यान्डमा क्यान्सर निम्त्याउने रसायनको प्रयोग ! कम्पनीमाथि मुद्दा दायर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एप्पल कम्पनी फेरि एकपटक चर्चा आइरहेको छ। यो चर्चा कम्पनीको नयाँ प्रडक्टका विषयमा नभएर अदालतमा परेको मुद्दाका बारेमा हो।

अदालतमा दायर मुद्दामा एप्पल वाचमा प्रयोग हुने ब्यान्डमा क्यान्सरजस्ता घातक रोग निम्त्याउने रसायनको प्रयोग भएको दाबी गरिएको छ। यो रसायन क्यान्सरलगायत गम्भीर प्रकृतिका रोगको कारण बन्न सक्ने चेतावनी दिइएको छ।

Esewa
Crest

मिडिया रिपोर्टका अनुसार अदालतमा दायर मुद्दामा एप्पलको ओसन, नाइकी स्पर्ट ब्यान्डमा उच्च मात्रामा परफ्लुआरोएल्काइल तथा पोलिफ्लुओरोएल्काइल पदार्थ (पीएफएएस) रहेको छ। यो रसायन फोरएभर केमिकलका रुपमा पनि परिचित रहेको छ। यसका कारण विभिन्न किसिमका स्वास्थ्य समस्याको सामना गर्नुपर्ने दाबी गरिएको छ। यसले मिर्गौलामा असर गर्नुका साथै बर्थ डिफेक्ट, प्रोस्टेट र क्यान्सरसम्म हुन सक्ने भनिएको छ।

यो मुद्दा कम्पनीको २२ वटा ब्यान्डमा गरिएको अनुसन्धानपछि दायर गरिएको थियो। तीमध्ये १५ वटा घडीको ब्यान्डमा खतरनाक पीएफएएस रसायन प्राप्त भएको दाबी गरिएको छ।

एप्पलले पनि लामो समयदेखि दाबी गरिरहेको छ कि उसका घडीका ब्यान्डहरु फ्लोरोएलास्टोमरबाट बन्छ। जुन एउटा सिन्थेटिक रबर हो। कम्पनीले यसमा फ्लोरिन भए पनि खतरनाक पीएफएएस रसायन नरहेको दाबीका गरेको छ। फेलोरोएलास्टोमर सुरक्षित रहेको कम्पनीको दाबी छ।

एप्पलले आफ्नो स्मार्टवाचलाई हेल्थ ट्रयाकिङ फिचरका साथ बेचित रहेको छ। उसले आफ्ना स्मार्टवाच प्रयोग गर्नेहरुलाई सुरक्षित राख्नमा मद्दत गरिरहेको दाबी पनि गरिरहेको छ।

एप्पल वाचले प्रयोगकर्तालाई हार्ट रेट, निद्राको प्याट्रन र हिँडाइको रेकर्ड गर्नेजस्ता जानकारी दिन्छ। एप्पल वाच विश्वभर लोकप्रिय रहेको छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS