IME Life New

एप्पलले खरिद गर्यो न्यूजिल्याण्डको वायरलेस चार्जिङ कम्पनी ‘पावर बाइ प्रोक्सी’ अर्को बर्ष ताररहित प्रणाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रख्यात मोवाइल कम्पनी एप्पलले न्यूजिल्याण्डको वायरलेस (तार रहित) चार्जिङ कम्पनी पावर बाइ प्रोक्सी खरिद गरेको छ। यो कम्पनी सन् २००७ मा युवा ‘आन्ट्रप्रेनर’ फ्याडी मीशीर्कीले स्थापना गरेका थिए। आइफोन उत्पादक एप्पलले फ्याडीको कम्पनी अधिग्रहण गरेको पुष्टी गरेको छ। वायरलेस चार्जिङ प्रणालीका लागि नयाँ कम्पनी खरिद महत्वपुर्ण कोशेढुङ्गो हुने एप्पलको हार्डवेयर इन्जिननियरिङका वरिष्ठ उपाध्यक्ष ड्यान रीक्कियोले बताएका छन्।
गत वर्ष सेप्टेम्वरमा आइफोन ८, आइफोन १० र एप्पल वाच तेस्रो सिरिज सार्वजनिक गर्दै एप्पलले चार्जिङ प्रणालीलाई सरलिकृत गर्ने भिजन पनि ग्राहकमाझ प्रस्तुत गरेको थियो। त्यस अनुरुप आउँदो बर्षसम्ममा आइफोन, एप्पल वाच र आइपड एकसाथ चार्ज गर्न मिल्ने चार्जिङ म्याइट सार्वजनिक गर्ने कम्पनीको तयारी छ। पावर बाइ प्रोक्सीले वायरलेस चार्जिङ प्रणालीमा एप्पलको सपना पुरा गर्न कुन हदको सहयोग पुर्याउला भन्ने तथ्य भने खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS