IME Life New

एप्पललाई पछि पार्दै एनभिडिया बन्यो विश्वै मूल्यवान कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइफोन बनाउने अमेरिकी दिग्गज टेक कम्पनी एप्पललाई पछि पार्दै चिप बनाउने कम्पनी एनभिडिया विश्वकै मूल्यवान कम्पनी बनेको छ।

एप्पलको बजार पुँजीकरणमा भारी गिरावट आउँदा एनभिडियाले विश्वकै मूल्यवान कम्पनीको ताज पाउन सफल भएको हो। पछिल्लो ३ सातामा एप्पलको बजार पुँजीकरण ५१० अर्ब डलरले घटेको छ। योसँगै एप्पलको बजार पुँजीकरण ३.३६५ ट्रिलियन डलरमा खुम्चिएको छ।

Esewa
Crest

उता एनभिडियाको शेयरभाउ ४.४३ प्रतिशतले बढ्दा बजार पुँजीकरण ३.६०१ ट्रिलियन डलर पुगेको छ। बजार पुँजीकरणका हिसाबले एनभिडिया शीर्ष स्थानमा रहेको छ भने दोस्रोमा एप्पल झरेको छ।

बजार पुँजीकरणका आधारमा विश्वकै ते्रस्रो ठूलो मूल्यवान कम्पनी माइक्रोसफ्ट रहेको छ। माइक्रोसफ्टको कुल बजार पुँजीकरण ३.३१७ ट्रिलियन डलर रहेको छ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनमा आइफोनको बिक्री घट्दा एप्पलको शेयरभाउमा गिरावट आएको हो। यसअघि चीनमा आइफोन सर्वाधिक बिक्री हुने स्मार्टफोन थियो। अहिले चीनमा भिभो र हुवावेले एप्पललाई पछि पारेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS