IME Life New

एप्पलबाट खोसियो ताज, मोबाइल सिपमेन्टमा यो कम्पनी बन्यो विश्वको नम्बर १ ब्रान्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको शीर्ष स्मार्टफोन निर्माता कम्पनीको ताज एप्पलबाट खोसिएको छ। अब सामसुङ शीर्ष फोन निर्माताको स्थानमा फर्किएको छ। सन् २०२४ को पहिलो त्रैमासिकमा एप्पलको सिपमेन्टमा १० प्रतिशतको गिरावट आएको छ। यो जानकारी डाटा रिसर्च फर्म आईडीसीले दिएको हो।

विश्वव्यापी स्मार्टफोन सिपमेन्ट ७.८ प्रतिशतले बढेको छ। जनवरीदेखि मार्चसम्म २८ करोड ९४ लाख युनिट सिपमेन्ट भएको थियो। यस अवधिमा सामसुङ २०.८ प्रतिशत बजार हिस्साका साथ पहिलो स्थानमा आएको छ। जहाँ एप्पल दोस्रो स्थानमा पुगेको छ।

Esewa
Crest

आइफोन निर्माता एप्पलले गत वर्षको डिसेम्बर त्रैमासिकमा राम्रो प्रदर्शन गर्दै सामसुङलाई पराजित गर्दै नम्बर १ स्थान हासिल गरेको थियो। अहिले फेरि दोस्रो स्थानमा आएको छ र यसको बजार हिस्सा १७.३ प्रतिशत छ।

चीनको शीर्ष स्मार्टफोन निर्माता शाओमी तेस्रो स्थानमा रहेको छ। यो वर्षको पहिलो त्रैमासमा यसको बजार हिस्सा १४.१ प्रतिशत रहेको छ। चिनियाँ ब्रान्ड हुवावेको बजार हिस्सा बढेको छ।

दक्षिण कोरियाली कम्पनी सामसुङले यस वर्षको सुरुमा सामसुङ ग्यालेक्सी एस२४ लाइनअप लन्च गरेको थियो। वर्षको पहिलो त्रैमासिक अवधिमा कम्पनीले ६ करोडभन्दा बढी फोन बजारमा पठाएको छ। सामसुङ ग्यालेक्सी एस२४ स्मार्टफोनको विश्वव्यापी बिक्री गत वर्ष लन्च गरिएको ग्यालेक्सी एस२३ को तुलनामा ८ प्रतिशतले बढेको छ।

पहिलो क्वाटरमा एप्पलको सिपमेन्ट ५ करोड १ लाख आईफोन थियो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ५ करोड ५४ लाख युनिट ल्याएको थियो। यो जानकारी आईडीसीबाट लिइएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS