IME Life New

एनसेलले ल्यायो ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसेलले आम उपभोक्ताको रोजाइ र रुचीलाई लक्षित गर्दै ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना ल्याएको छ । यस योजना अन्तर्गत अब ग्राहकले आफूलाई मनपर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफैं बनाउन सक्नेछन् । एनसेलले भन्यो, ‘चाहे त्यो तपाइँको जन्मदिन होस्, आफ्नो प्रिय मान्छेलाई पहिलो पटक भेटेको दिन होस्, तपाईंको सवारी साधनको नम्बर होस् वा अन्य कुनै महत्वपूर्ण मिति वा नम्बर अब तपाईंले त्यसलाई सधैंको लागि आफ्नै मोबाइल नम्बर बनाउन सक्नुहुन्छ ।’

यससँगै आफ्ना प्रियजनहरूलाई पनि त्यस्ता विशेष नम्बरहरू उपहार दिन सकिनेछ । उदाहरणका लागि, श्रीमानले अन्तिमको ६ अंक ‘४२० भएको नम्बर लिन सक्छन् भने श्रीमतिले त्यसलगत्तै आउने नम्बर ‘४२१ नम्बर लिन सकिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

यस योजना अनुरुप आफ्नो मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट सुरु हुन्छ । तर सधैँ अन नम्बर प्राप्त गर्न चाहने ग्राहकहरूले अन्तिम ६ अंक आफैं रोजेर आफ्नो युनिक मोबाइल नम्बर बनाउन सक्नेछन् ।

यसका लागि ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरी आफूले चाहेको मोबाइल नम्बरको पछिल्लो ६ अंक उपलब्ध भएरनभएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्छन् । हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरी नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यस योजनाको प्रमुख विषेशता हो ।

यस योजना अन्तर्गत ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्न ९ लाखभन्दा बढी मोबाइल नम्बरहरू उपलब्ध छन् । एनसेलले फस्ट कम, फस्ट सर्भका आधारमा उपलब्ध नम्बरहरु वितरण गर्ने जनाएको छ । यो सिम एनसेलले हाल संचालन गरिरहेको ‘सधैं अन’ प्लान अन्तर्गत ५९९ रुपैयाँदेखि १ हजार ४९९ सम्मको प्लानमा बन्डल सेवाका रुपमा उपलब्ध गराउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS