IME Life New

एनएमबि लघुवित्तले डाक्यो ११औं साधारण सभा, यस्ता छन् प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारण सभा असार २१ गते गर्ने भएको छ । सभा होटल बाराही पोखरा, कास्कीमा बिहान साढे ११ बजेदेखि शुरु हुने जनाएको छ । संस्थाको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९ /८० को वित्तीय विवरण पारित गर्नेछ । लखापरीक्षकको प्र्रतिवेदन, असार मसान्तसम्मको हिसाब विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गर्नेछ ।

Esewa
Crest

सभाले केन्द्रीय कार्यालय रहने ठेगाना र संस्थापक तथा सर्वसाधारणतर्फको शेयर संरचना सम्बन्धी प्रबन्धपत्रका दफाहरु संशोधन गर्ने, अन्य उपयुक्त लघुवित्त कम्पनीसँग मर्जर अथवा प्राप्ति सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ।

सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट एक जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

संस्थाले साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असार ७ गतेदेखि २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS