IME Life New

एनएमबि बैकंको साधारण सभा साउन ३१गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएमबि बैंकले साउन ३१ गते स्टाफ कलेज जावलाखेलमा आर्थिक बर्ष २०७३/७४ को बार्षिक साधारण सभा गर्न भएको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी समयमा नै कायम गर्न नसक्दा बैंकको साधारण सभाको मिति लम्बिएको हो । एनएमबिले दिउँसो साढे २ बजे बाइसौं बार्षिक साधारण सभा आह्वान गरेको छ ।
बैंकले एफपिओपश्चात कायम चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँको १५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश पारित गर्देछ ।बैंकले साधारण सभाका लागि साउन १७ गते विहीबारदेखि सेयरधनी किताब बन्द गर्दैछ ।

यसअनुसार साउन १६ गते बुधबारसम्म कायम रहेका सेयरधनीले मात्र बोनस पाउनेछन् ।

Esewa
Crest

त्यसैगरि मर्जर तथा एक्विजिशनका प्रकृया बढाउन तथा सो कार्यका लागि आवश्यक अन्य कार्यहरु डिडिए, स्वाप रेसियो निर्धारण र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव साधारण सभामा रहेका छन् ।साधारण सभाले एक अर्ब १४ करोड चार लाख ९३ हजार ५९५ रुपैयाँको बोनस पारित गरेपश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ पुग्नेछ ।
एनएमबि बैंकले विश्व बैंक अन्र्तगतको अन्तर्रा्ष्ट्रिय वित्त निगम (आईएफसी) बाट डेढ अर्ब रुपैयाँ ऋण ल्याउन राष्ट्र बैंकबाट यसै साता अनुमति पाएको छ । अबको एक सातामा प्राप्त हुने सो रकम बैंकले १४ प्रतिशत हाराहारीको ब्याजदरमा ऋण प्रवाह गर्ने जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS