IME Life New

एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा सम्पन्न भएको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

Esewa
Crest

सभाले प्रतिशेयर १०० रुपैयाँ दरले ३ अर्ब रुपैयाँबराबरको ‘एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ ।अग्राधिकार शेयर जारीपछि पुँजी वृद्धि गर्नुपर्ने भएकोले बैंकको हालको अधिकृत पुँजी २० अर्ब रुपैयाँलाई वृद्धि गरी २५ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

अग्राधिकार शेयर जारीपछि हाल कायम जारी तथा चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँलाई वृद्धि गरी २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । सभाले नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने र त्यसमा नियमनकारी निकायबाट कुनै फेरबदल र सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृति गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ । उक्त आर्थिक वर्षका लागि बैंकले लाभांश प्रस्ताव गरेको छैन।

बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा रु.२ अर्ब २४ करोड, निक्षेप रु.२२७.१० अर्ब र कर्जा रु.२०४.६१ अर्ब रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS