IME Life New

एनएमबि बैंकको सुनवल शाखाद्वारा विद्यालयलाई सिसिटिभि क्यामेरा प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकको सुनवल शाखा कार्यालयले सुनवल बनकट्टी स्थित भगवती माध्यमिक विद्यालयलाई सिसिटिभि क्यामेरा प्रदान गरेको छ । विद्यालयको सुरक्षालाइ ध्यानमा राख्दै सिसिटिभि क्यामेरा प्रदान गरिएको एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले जनाएका छन् ।

भगवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर पौडेल, प्राचार्य बाबुराम पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष पुर्ण बहादुर बिक, व्यवस्थापन समिति सदस्य लक्षमण तिवारी, सहायक प्राचार्य हेमराज पौडेल, लेखा अधिकृत गम्भीर खड्का, शिक्षक, बैंकका कर्मचारी दिनेश वस्याल, अमित गैरे तथा अभिभावकहरुको उपस्थितिमा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली, सिनियर एरिया म्यानेजर मेघराज तिमिसिना र शाखा प्रबन्धक अर्जुन ज्ञवालीले सिसिटिभि क्यामेरा विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

Esewa
Crest

विद्यालयका प्राचार्य बाबुराम पाण्डेले एनएमबि बैंक सुनवलले उत्कृष्ट बैकिङ्ग सेवासगै सामाजिक उत्तरदायित्व कार्यक्रमको लागि भगवती विद्यालयलाइ सिसिटिभि क्यामेरा प्रदान गरि सह्रानिय कार्य गरेकोमा आभार व्यक्त गरे । उनले सिसिटिभि क्यामेराले विद्यालय हातामा हुने चोरिका घटनाहरु अब उपरान्त नहुने विश्वास व्यक्त गरे।

एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले नेपालको एक अग्रणी वाणिज्य बैंक एनएमबि बैंकले भगवती विद्यालयलाइ सिसिटिभि हस्तान्तरण गर्न पाउदा खुशी व्यक्त गर्दै सामाजिक उत्तरदायित्व अन्तरगत विगत देखि नै महत्त्वपूर्ण सहयोग प्रदान गर्दै आइरहेको र आगामी दिनहरुमा पनि सहयोगका थप कार्यक्रमहरु अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS