IME Life New

एनआईसी एसिया लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले चैत ८ गते वार्षिक साधारणसभा आयोजना गर्न लागेको हो। सभा सुनसरीको धरान–१२ स्थित गोर्खा होटेलमा बिहान ९ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले प्रचलित ऐन तथा कानुनबमोजिम संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने (हाललाई साविक स्वदेशी लघुवित्त वित्तीय संस्थाका संस्थापकहरु मात्र योग्य रहेको) विशेष प्रस्ताव पारित गर्नेछ। शेयर परिणत गरेपछि कायम हुन आउने समूहगत शेयर संरचनाअनुसार संस्थाको समूहगत शेयर स्वामित्व संरचना परिवर्तन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले संस्थाको प्रबन्धपत्र र नियमावलीमा समसामयिक थपघट गर्ने र यसका लागि नियमनकारी निकायबाट कुनै रायसुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभामा प्रस्तुत हुने गत आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित हुनेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन २७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS