IME Life New

एनआईसी एसिया बैंकले डाक्यो वार्षिक साधारणसभा, रु. ५ अर्बको अग्राधिकार शेयर जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो २७ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले सम्बन्धित निकायको आवश्यक स्वीकृतिमा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम प्रतिशेयर १०० रुपैयाँ अंकित दकार कुल ५ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने मुख्य प्रस्ताव अनुमोदन गर्नेछ। बैंकको साबिकको अधिकृत पुँजी १४ अर्ब ९२ करोडलाई वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ, जारी पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ र चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसहित त्यसमा नियमनकारी निकायबाट प्राप्त निर्देशन तथा सुझावलाई समेट्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। अग्राधिकार शेयर जारी गर्न नियमनकारी निकायहरुबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्ष २०८०।८१को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजना बैंकले फागुन ८ गतेदेखि फागुन २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको साधारणसभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS