IME Life New

एनआईसी एसिया बैंकको ९२%ले घट्यो नाफा, रु. २ मा झर्यो ईपीएस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसियाा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म बैंकले १५ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ९२.०३ प्रतिशतको गिरावट आएको छ। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६५ करोड ५५ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

Esewa
Crest

बैंकको सञ्चालन मुनाफा ९५०२.९३ प्रतिशतले घटेर ३४ करोड २७ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ३ अर्ब ५६ करोड १० लाख रुपैयाँ थियो। ब्याज आम्दानी घटेर ५ अर्ब १८ करोड ६९ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ५अर्ब ५४ करोड १४ लाख रुपैयाँ थियो।

चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर १७ अर्ब ४१ करोड २९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १७ अर्ब २६ करोड ८९ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले ३ खर्ब ८ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४५ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ३ खर्ब ५४ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७१ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर १.४७ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल ०.५८ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले २ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज ४८ करोड रुपैयाँमात्रै थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २.०४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २५.५९ रुपैयाँ थियो। पीई रेसियो १२५.११ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १९८.९२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS