IME Life New

एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ठाउँहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले माघ महिनामा कोशी देखि सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका शाखाहरु (अमहीबेल्हा, गंजभवानीपुर, लक्ष्मीनीया, सखडा, कविलास, पाँचखाल, मिर्मी, सिरुबारी, चप्परगौडी, खजुरा, सानोश्री, बागचौर, छायाँक्षेत्र, बेलौरी, लालझन्डी, लम्कीचुहा र पाटन) मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत सो कार्यक्रमहरु सम्पन्न गरेको हो । हालको विषय परिस्थितिलाई मध्यनजर गरी स्थानीय जन प्रतिनिधी, भद्र भलाद्मीहरुको उपस्थितिमा, संस्थामा आवद्ध सदस्यहरु तथा गैर सदस्यहरुलाई दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवा सम्बन्धी ज्ञान, भविष्यको लागि बचतको आवश्यकता, बचत गर्ने तरिका, कर्जाको सही सदुपयोगिता गर्ने तरिका, व्यवसाय व्यवस्थापन जस्ता विषयहरु समेटेर कार्यक्रमहरु संचालन गरेको थियो ।

Esewa
Crest

यसबाट सहभागिहरुमा वित्तीय क्षेत्रका विविध विषयहरुमा ज्ञान हासिल भएको प्रतिक्रिया कार्यक्रमका सहभागिहरुले व्यक्त गरेका थिए । उनीहरुले यस कार्यक्रमबाट कर्जाको सदुपयोग कसरी गर्ने, कर्जा लिएर कस्तो प्रकारको व्यवसाय गर्ने, कसरी आम्दानी बढाउने, बचत कसरी बढाउने र खर्च कसरी कम गर्न सकिन्छ भन्ने विषयमा विशेष ज्ञान हासिल गर्न पाएको र यस्ता प्रकारका कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी समेत व्यक्त गरेका थिए ।

स्थानीय प्रतिनीधीहरुले यस्तो प्रकारको कार्यक्रम समय समयमा गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रम भएका शाखाहरुको कार्यक्षेत्र भित्रका करिब १३०० जना दिदिबहिनी र स्थानियको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो । संस्थाले हाल २८७ ओटा शाखा कार्यलयहरु मार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS