IME Life New

एनआईसी एशिया क्यापिटलको लाभांश घोषणा, साधारण सभा पनि डाक्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५२ दशलमव ५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन १६ गते बुधवार सम्पन्न सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । साथै सोही बैठकले कम्पनीकोआठौं वार्षिक साधारण सभा आगामी भदौ ११ गते गर्ने निर्णय गरेको छ ।

सभा एनआईसी एशिया क्यापिटलको कार्यालय थापाथली, काठमाडौमा बिहान ९ बजेदेखि शुरु हुने जनाइएको छ । सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा सञ् चालक समितिले प्रस्ताव गरे बमोजिमको उक्त नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्र्ने लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने जनाएको छ ।

Esewa
Crest

कम्पनीले छोटो समयमा नै सातौं वार्षिक साधारण सभासम्म आउँदा १८७.४७ प्रतिशत नगद लाभांश वितरण गरिसकेको र आठौं वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५२.५३ प्रतिशत नगद लाभांश सहित २४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको जनाइएको छ ।

कम्पनीले सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोगमार्फत ग्राहकहरु माझ पुर्‍याउन “अव लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा” भन्ने मुल नाराका साथ आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्ममा अधिकांश सेवाहरु अनलाइनमार्फत लिन मिल्ने व्यवस्था मिलाइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS