IME Life New

एनआइसी एसिया बैंकको नाफा १ अर्ब ४९ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आक्रामक रुपमा शाखा र कारोबार बिस्तार गरिरहेको एनआईसी एशिया बैंकले आफ्नो वित्तिय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार गत आर्थिक बर्षमा एक अर्ब ४९ करोड ६६ लाख नाफा आर्जन गरेको हो । जुन अघिल्लो आर्थिक बर्षको भन्दा २१ करोडले बढि हो । सो आवमा बैंकले एक अर्ब २८ करोड नाफा आर्जन गरेको थियो । बैंकले १ अर्ब ४९ करोड खुद मुनाफा गरेपनि उसले सेयरधनिहरुलाई ८२ करोड ८६ लाख रुपैयाँ बराबरको लाभांश बाड्न सक्ने देखिन्छ। त्यसैले बैंकले बोनस र नगद गरि मिश्रित लाभांश दिन सक्नेछ ।

एनआइसी एसियाले १ खर्ब ५१ ऋर्ब निक्षेप संकलन गरेर १ खर्ब २१ अर्ब कर्जा लगानी गरेको छ । बैंकले १३ अर्ब २९ करोड ब्याज आम्दानी गर्दा ९ अर्ब ३३ करोड ब्याज खर्च गरेको देखिन्छ । बैंकले २०७३ असार मसान्तमा ६ र्अ ९० करोड ब्याज आम्दानी गरेर ४ अर्ब ३६ करोड ब्याज खर्च गरेको थियो ।

Esewa
Crest

एनआइसी एसियाको खराब कर्जा ०.०६ प्रतिशतमा झरेको छ । बैंकको प्रति सेयर आम्दानी १८.९४ रुपैंयाँ रहेको छ । बैंकको आधार ब्याजदर ११.१६ प्रतिशत रहँदा अन्तिम महिनामा स्प्रेड दर भने ५.१० प्रतिशत रहेको थियो । बैंकको कष्ट अफ फण्ड ७.६७ प्रतिशत रहेको छ ।बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ११ लाख १७ हजार रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS