IME Life New

एनआइसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध बीमाबापत रु. १ करोड २० लाख बीमा रकम भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरुसहितको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत २०८० असार १८ गतेदेखि फागुन १४ गतेसम्ममा घातक रोगको बीमाबापत सातजना र दुर्घटनामा परेका पाँचजना गरी कुल १२ जना खातावालाहरुलाई प्रतिव्यक्ति रु. १० लाखको दरले जम्मा रु. १ करोड २० लाख बीमा रकम आइजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको छ । बैंकका विभिन्न शाखा कार्यालयहरुमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहक तथा तिनका परिवार सदस्यलाई बीमा कम्पनीहरुले प्रदान गरेको उक्त रकमबराबरको चेक बैंकले हस्तान्तरण गरेको हो ।

बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोलेकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोलेका चक्रबहादुर कटुवाल, रुपन्देहीस्थित राममन्दिर बुटबल शाखामा खाता खोलेकी पार्वती श्रेष्ठ, रुपन्देहीस्थित सउ फर्सटिकर शाखामा खाता खोलेका पुन्यप्रसाद ढकाल र कास्कीस्थित न्युरोड पोखरा शाखामा खाता खोलेका विजय कुमार गुरुङलाई दुर्घटना बीमाबापत एवं काठमाडौंस्थित कर्पोरेट अफिस शाखामा खाता खोलेकी एलिना न्यौपाने र काठमाडौंस्थित कालोपुल शाखामा खाता खोलेकी निर्मला चापागाईंलाई घातक रोग बीमाबापत जनही रु. १० लाख प्रतिव्यक्तिका दरले कुल रु. ७० लाख रकम प्रदान गरिएको हो । लाभग्राहीहरुले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरेका हुन्।

Esewa
Crest

त्यसैगरी सिराहास्थित मिर्चैया शाखामा खाता खोलेका राधेश्याम रजक साफी, ललितपुरस्थित पुल्चोक शाखामा खाता खोलेका तेजबहादुर सुवेदी, चितवनस्थित चनौली शाखामा खाता खोलेका गणेशबहादुर गुरुङ, बर्दियास्थित मग्रागढी शाखामा खाता खोलेकी कुमारी रिता भुसाल र बारास्थित कलैया शाखामा खाता खोलेका कन्हैयालाल चौधरीले दुर्घटना बीमाबापत जनही रु. १० लाख प्रतिव्यक्तिका दरले कुल रु. ५० लाख रुपैयाँ नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ प्रदान गरिएको हो ।

बैंकको बीमासहितको निक्षेप योजनाहरुअन्तर्गत हालसम्म ६ हजार ३ सय ६१ भन्दा बढीलाई रु. १४ करोड ३८ लाखभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको छ । जसमध्ये घातक रोग बीमाबापत ३३ बढीलाई रु. ३ करोड ५० लाखभन्दा बढी, दुर्घटना बीमाबापत २६ बढीलाई रु. २ करोड ६० लाख बढी र मेडिकल बीमाबापत ६ हजार ३०२ भन्दा बढीलाई रु. ८ करोड २८ लाख १० हजारभन्दा बढी रकम प्रदान गरिएको छ । बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा ४ जनालाई ५ वर्षका लागि रु. ८४ लाखसम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजना’ सञ्चालन गरिरहेको छ । जसअन्तर्गत आकर्षक ब्याजदर, ५ वर्षसम्म रु. ८४ लाखसम्मका ३ बीमा, १८ वटा घातक रोगहरुको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरु, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरु र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरु समावेश छन् । उक्त रु. ८४ लाखबराबरको आकर्षक बीमा फाइदाअन्तर्गत रु. ४० लाखको दुर्घटना बीमा, रु. ४० लाखको घातक रोग बीमा र रु. ४ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले रु. ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि रु. ८० हजारसम्म बीमा लाभ प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरु भएको बैंकहरुमध्येको बैंक हो । बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरु, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु. २३ अर्ब ७ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रु. ३ अर्ब ६१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरु स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS