IME Life New

एनआइसी एशिया क्यापिटल र क्लासिक भ्यु रिसोर्टबीच आइडिया टु आइपीओ सेवा सम्बन्धी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटलले आइडिया टु आइपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आइपीओ जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । सोही सेवा अन्तर्गत एनआइसी एशिया क्यापिटल र क्लासिक भ्यु रिसोर्टबीच आइडिया टु आइपीओ सेवा सम्बन्धी सम्झौता भएको छ ।

वडा नं.५, डाडाँ गाउँ नगरपालिका, बुढानिलकण्ठ, काठमाडौंमा रजिष्ट्रार कार्यालय रहेको क्लासिक भ्यु रिसोर्ट लिमिटेडलाई क्यापिटलको आइडिया टु आइपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजि कम्पनीको जारी पूँजीको १४ प्रतिशत अर्थात रु.१०० अंकित दरका १०,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा प्राथमिक शेयर निष्काशन गर्न सम्झौता भएको हो ।

Esewa
Crest

क्लासिक भ्यू रिसोर्ट बुडानिलकण्ठ, काठमाडौंमा अवस्थित १९ रोपनीको क्षेत्रफलमा निर्माणधिन अवस्थामा रहेको छ । हालसम्म उक्त रिसोर्टको ६५ प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ । रिसोर्टको अध्यक्ष श्री मुकुन्द राज कुँवर लगायत अन्य संचालक तथा संस्थापक शेयरधनीहरुको रियल इस्टेट लगायत अन्य व्यवसायमा एक दशक भन्दा बढीको अनुभव हाशिल गरेका विज्ञ टिम द्धारा संचालित क्लासिक भ्यु रिसोर्ट आर्थिक रुपमा समेत बलियो रहेकोले समयमा नै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी व्यवसायीक रुपमा संचालनमा ल्याउने योजना रहेको छ ।

क्लासिक भ्यु रिसोर्ट त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट नजिकको दुरीमा अवस्थित रहेको हुँदा स्वदेशी तथा विदेशी प्रर्यटकको पहिलो रोजाइको रिसोर्ट हुन सक्ने देखिन्छ । रिसोर्टले रमणीय परिवेश, सांस्कृतिक विसर्जन अनुभवहरू र पर्यावरण–मैत्रीपूण वातावरण मार्फत ग्रहकहरुको अपेक्षाहरू पूरा गर्नका लागि उत्कृष्ट सेवा सुविधाहरू सहित विलासी आवासहरू देखि विविध भोजन, मनोरञ्जन लगायतका बिभिन्न सुविधाहरू उपलब्ध गराउने लक्ष्य लिएको छ ।

अतुलनीय विलासिता, सांस्कृतिक विसर्जनको प्रतिज्ञा सहित दूरदर्शी नेतृत्व, बलियो वित्तीय आधार र उत्कृष्टताप्रति समर्पणको साथ, क्लासिक भ्यू रिसोर्ट नेपालमा लक्जरी आतिथ्यतालाई पुनः परिभाषित गर्दै आम सेवाग्राहीहरुलाई उच्च कोटिको सेवा सुविधा प्रदान गरी पहिलो रोजाइको रिसोर्ट बन्ने लक्ष्यका साथ अगाढी बढिरहेको छ । साथै क्लासिक भ्यु रिसोर्ट संचालनको लागि इन्डियन ख्याती प्राप्त ब्राण्ड SAROVAR  “Royal Tupil” ब्राण्डसँग व्यवस्थापकिय सम्झौता समेत सम्पन्न भइसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS