IME Life New

एक सातामै बैंकहरुबाट बाहिरियो रु. ५८ अर्ब, सीडी र अन्तरबैंक ब्याजदर कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीबाट एक सातामै ५८ खर्ब रुपैयाँ बाहिरिएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन ८ गते बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ। गत साउन १ गते बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६४ खर्ब ९३ अर्ब रुपैयाँ थियो। यो हिसाबले यो एक साताको अवधिमा बैंकहरुबाट ५८ अर्ब रुपैयाँ बाहिरिएको हो।

Esewa
Crest

यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप पनि ५२ अर्ब रुपैयाँले घटेको छ। गत साउन १ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ५७ खर्ब ५५ अर्ब रुपैयाँ रहेकोमा साउन ८ गतेसम्म घटेर ५७ खर्ब ३ अर्ब रुपैयाँमा झरेको छ।

बैंकहरुको कर्जा लगानी पनि घटेको छ। गत साउन १ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५१ खर्ब ६९ अर्ब रुपैयाँ थियो। साउन ८ गतेसम्म ३१ अर्ब रुपैयाँले घटेर कुल कर्जा लगानी ५१ खर्ब ३८ अर्ब रुपैयाँमा झरेको छ।

निक्षेप र कर्जा लगानी दुवै घटेपछि बैंकहरुको औसत सीडी रेसियो ७८ प्रतिशत माथि उक्लिएको छ। साउन ८ मा सीडी रेसियो ७८.१५ प्रतिशत कायम भएको छ। गत साउन १ गते सीडी रेसियो ७७.६७ प्रतिशत थियो।

साउन ८ मा अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS