IME Life New

एक सातामा २६ बीमा कम्पनीको शेयर मूल्यमा गिरावट, मूल्य समायोजन पछि एलआइसीको भाउ ९.४९ प्रतिशतले तल झर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। यस साता दोस्रो बजारमा सूचिकृत २८ बीमा कम्पनी मध्ये शिखर इन्स्योरेन्सको मात्रै बजार मूल्य बढेको छ। राष्ट्रिय बीमा कम्पनीले आवस्यक तथ्याङ्क उपलब्ध नगराउदा नेप्सेले दोस्रो बजारमा कारोबार रोक्का गरेको छ।

यस साता सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेसनका शेयरधनीले गुमाएका छन्। कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारणसभा प्रयोजनका लागि फागुन ७ गते बुक क्लोज गरेको थियो। उक्त साधारणसभामा कम्पनीले १० प्रतिशत बोनस शेयरको प्रस्ताव लैजादै छ। बुक क्लोज पछि मूल्य समायोजन हुँदा कम्पनीको शेयर मूल्यमा भारि गिरावट देखिएको हो। मूल्य समायोजन पछि पनि दोस्रो बजारमा कम्पनीको शेयर मूल्यमा गिरावट हुँदा एक सातामा २४९ रुपैयाँले घटेको देखिएको हो।

Esewa
Crest

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको प्रस्तावलाई उल्टाउनु अगाडि दोस्रो बजारमा प्रधानमन्त्री केपि शर्मा वलीले संकटकाल घोषणा गर्ने हल्लाले दोस्रो बजारमा ठुलो गिरावट भएको हो। यस सँगै राजनीतिक अस्थिरताले दोस्रो बजारमा प्रभावित हुँदा अधिकाम्स कम्पनीको शेयर मूल्यमा भारि गिरावट आएको छ। यसै क्रममा बीमा कम्पनीको शेयर मूल्यमा पनि गिरावट आएको हो।

यस साता एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा ६० रुपैयाँले गिरावट भएको छ। बिहिबार कम्पनीको शेयर मूल्य १३६० रुपैयाँ कायम भएको छ। कम्पनीले आर्थिक वर्ष २०७३/७४ यता लाभांस दिएको छैन। यसले गर्दा पछिल्लो समय दोस्रो बजारमा कम्पनीको शेयर मूल्यमा अधिक आकर्षण देखिन्छ।

गुराँस लाइफको शेयर मूल्य यस साता ५.१५ प्रतिशतले गिरावट भएर ७७४ रुपैयाँ कायम भएको छ। नेशनल लाइफको शेयर मूल्य ५९ रुपैयाँले घटेर १२३० रुपैयाँमा झरेको छ। नेपाल लाइफको शेयर मूल्य ७३ रुपैयाँले घटेर २१९८ रुपैयाँ कायम भएको छ। प्राथमिक शेयर सूचिकृत भएको केहि दिन पछि दिन दिनै सर्किट लाग्दै ९२५ रुपैयाँ पुगेको प्रभु लाइफको शेयर मूल्यमा पछिल्लो दिन लगातार गिरावट आइरहेको छ। एक सातामा ३२ रुपैयाँले गिरावट पछि प्रभु लाइको शेयर मूल्य ८०९ रुपैयाँ कायम भएको छ।

बिहीबार दोस्रो बजारमा प्राइम लाइफको ८८७ रुपैयाँ, रिलायन्सको ७०१ रुपैयाँ, सूर्याको ८६० रुपैयाँ कायम भएको छ। निर्जीवन बीमा कम्पनीहरु मध्ये शिखर इन्स्योरेन्स बाहेक सम्पुर्णको मूल्यमा गिरावट आएको छ। शिखरको यस साता १३ रुपैयाँले मूल्यमा सुधार भएको छ।

एक सातामा अजोडको १२ रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सको ३२ रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको २३ रुपैयाँ, जनरल इन्स्योरेन्सको ३० रुपैयाँ, हिमालयन जनरलको १६ रुपैयाँ, आइएमई जनरलको ५ रुपैयाँ, लुम्बिनी जनरलको ४० रुपैयाँ, नेकको २३ रुपैयाँ, नेपाल इन्स्योरेन्सको ४५ रुपैयाँ, एनएलजीको ३८ रुपैयाँ, प्रभुको ३८ रुपैयाँ, प्रिमियरको २२ रुपैयाँ, प्रुडेन्सियलको ५१ रुपैयाँ, सगरमाथा इन्स्योरेन्सको ८ रुपैयाँ, सानिमाको २८ रुपैयाँ, सिद्धार्थको ३५ रुपैयाँ, युनाइटेडको १५ रुपैयाँ र नेपाल पुनर्बीमाको ६९ रुपैयाँले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS