IME Life New

एक लाखभन्दा माथिको बीमा कारोबार नगदमै गर्ने प्रवृत्ती रोकिएन, एएमएलमा चुनौती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले एक लाख रुपैयाँभन्दा माथिको कारोबार समेत नगदमै गर्ने प्रवृत्ती अझैसम्म पूर्णरुपमा नियन्त्रणमा आएको छैन । नेपाल बीमा प्राधिकरणले गरेको स्थलगत सुपरिवेक्षणका क्रममा बीमा कम्पनीहरुले एक लाख र त्योभन्दा अधिक बीमाशुल्क रकम नगदमै भुक्तानी लिएर बीमालेख जारी गरेको फेला परेको हो ।

प्राधिकरणले पहिलो त्रैमासको अन्त्य पछि बीमकको प्रधान कार्यालयमा र पौष महिनामा शाखा उपशाखा कार्यालयहरुमा स्थलगत सुपरिवेक्षण गरेको हो । स्थलगत सुपरिवेक्षणका क्रममा प्राधिकरणका केन्द्रीय तथा प्रादेशिक कार्यालयका सुपरिवेक्षकले मुद्रा निर्मलीकरण तथा आत‌ंकवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी प्रावधानको कार्यान्वयनका सम्बन्धमा समेत चासो राखेका थिए । अनुगमनमा संकलित बीमालेख सम्बन्धि दस्तावेज र बीमकको कारोबार तथ्यांक केलाउँदा एक लाख रुपैयाँ र त्यो भन्दा माथिको रकम समेत पुरै नगद लिएर बीमालेख जारी गर्ने र नविकरण गर्ने काम भएको फेला परेको हो।

Esewa
Crest

अधिकांश जीवन बीमकले आयश्रोत खुल्ने कागज प्रमाण नै नलिई अण्डरराइटिङ( जोखिमाङ्कन ) भएको थुप्रै फेला पर्यो, स्थलगत सुपरिवेक्षण टोलीमा सहभागि एक सदस्यले भने, व्यापार गर्ने नाममा जथाभावी अण्डरराइटिङ गरेर बीमालेख बेचेको फेला परेको छ ।

मुद्रा निर्मलीकरण तथा आत‌ंकवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ को प्रावधान अनुसार बीमकले १ लाख रुपैयाँ वा त्योभन्दा बढी बीमाशुल्क नगदमा भुक्तानी लिनुहुँदैन। रकम भुक्तानी लिनुपरेको अवस्थामा विद्युतीय माध्यम वा बैंक खातामार्फत् लिनुपर्छ । अवैध श्रोतबाट आर्जन गरिएको रकमलाई बीमाको माध्यमबाट वैध बनाउन प्रयोग हुनसक्ने आशंकामा कानूनी प्रावधानमार्फत् अंकुश लगाउने प्रयास गरिएको छ। यस्तो प्रावधानका बावजुद बीमा कम्पनीहरुले नगदै कारोबारलाई निरन्तरता दिएका छन् ।

अझै पनि ५ देखि १० प्रतिशतसम्म नगदमै भएको देखिन्छ, नेपाल बीमा प्राधिकरणबाट सुपरिवेक्षणमा खटिएका एक अधिकारीले भने, खास गरी मसान्तमा हुने बीमा कारोबारमा यो समस्या अलि बढी छ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको मुद्रा निर्मलीकरण तथा आत‌ंकवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ को दफा १८(१) मा बीमाशुल्क तथा दाबी भुक्तानी गर्दा एक लाख रुपैयाँ वा सोभन्दा बढीको बीमाशुल्क स्वीकार गर्दा बैंक, वित्तीय संस्था वा बैंकिङ्ग उपकरण वा पस मेशिन मार्फत भुक्तानी लिने व्यवस्था प्रयोग गर्नु पर्ने प्रावधान छ । सो दफाको २ नम्बर बुँदामा बीमकले सबै प्रकारको बीमाशुल्क बापतको रकम पास मेशिन मार्फत भुक्तानी लिने व्यवस्था गर्दै जानु पर्नेछ भनिएको छ।
यसैगरी बीमकले दाबी भुक्तानी गर्दा पचास हजार रुपैयाँ भन्दा बढीको भुक्तानीमा अनिवार्य रूपमा भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खाता मार्फत भुक्तानी गर्नु पर्नेछ भन्ने प्रावधान पनि छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS